दफा ३
विश्वविद्यालयको स्थापना
(१) आयुर्वेद, योग, ध्यान र वैकल्पिक चिकित्सासँग सम्बन्धित विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, जडीबुटीको खोजमूलक अध्ययन, अनुसन्धान र आयुर्वेदिक औषधि उत्पादन तथा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा प्रणाली विकास गर्न प्राज्ञिक उत्कृष्ट केन्द्रको रूपमा योगमाया आयुर्वेद विश्वविद्यालयको स्थापना गरिएको छ।
(२) विश्वविद्यालय केन्द्रीय विश्वविद्यालयको रूपमा प्रदेश नं. १ को अरुण
उपत्यकाभित्र रहनेछ। स्पष्टीकरणः यस दफा र दफा ४६ को प्रयोजनको लागि "अरूण उपत्यका" भन्नाले अनुसूची-१ मा उल्लिखित जिल्लाका स्थानीय तहहरूलाई सम्झनु पर्छ।